११ बुँदे सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि खुल्यो मादी हाइड्रोपावरको ताला
पाेखरा | माघ १६, २०७९
पोखराः कास्कीको मादी गाउँपालिकामा निर्माणधिन सुपर मादी हाइड्रोपावरको शाखा कार्यालयमा प्रभावित स्थानीयले लगाएको ताला चार दिनपछि खुलेको छ ।
११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै हाइड्रोपावरबाट प्रभावित स्थानीयले सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा लगाएको ताला सम्झौता कार्यान्वय गर्ने सहमति पछि मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीयले सयुक्त रुपमा शाखा कार्यालयमा लगाएको ताला खुलाएका हुन् ।
ताङतिङ युवा क्लबका अध्यक्ष भोजबहादुर गुरुङले सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि हाइड्रोपावरको शाखा कार्यालयमा लगाएको ताला खुलेको जानकारी दिए ।
‘हाइड्रोपावर सञ्चालन पूर्व प्रभावित स्थानीयसँग भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन्, हाइड्रोपावर निर्माणपछि गाउँमा गर्ने भनेको पूर्वाधारदेखि विभिन्न सम्झौता कार्यान्वयन भएन, गुरुङले भने, ‘सम्झौता कार्यान्वयन गर्न दवाव स्वरुप ताला लगाएका हौ, एक हप्ताभित्र सम्झौता कार्यान्वयन हुने सहमति छ, भएन भने पुनः आन्दोलनमा जान्छौं ।’
शनिबार सुुपर मादी हाइड्रोपावर, मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीय र जनप्रतिनिधिहरुको सर्वपक्षीय भेलाले ताला खोल्ने र सम्झौता कार्यान्वयन गर्ने सहमति भएको गुरुङले जानकारी दिए ।
सम्झौतामा प्रभावित स्थानीयलाई मुआब्जा दिने, सिकलेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु अगाडी बढाउने सहमति भएको हो ।
सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा नदी सरोकार समिति, ताङतिङ युवा क्लब र प्रभावित स्थानीयले माघ ११ गते ११ बुँदे सहमति कार्यान्वयन गर्न ताला लगाएका थिए ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

